बैतडी : बैतडीको दशरथचन्द नगरपालिका वडा न.४ मा च्याउ खेती प्रविधी सम्बन्धीको एकदिने तालिम सम्पन्न गरिएको छ । कृषि ज्ञान केन्द्रको आर्थिक सहयोग तथा दशरथचन्द नगरपालिका कृषी शाखाको प्राविधिक सहयोगमा तालिम सम्पन्न गरिएको हो ।
प्रगतिशील घरायसी खाद्यान्न उत्पादन महिला कृषि समूहमा तालिमको आयोजना गरिएको दशरथचन्द नगरपालिकाका कृषि अधिकृत दिपक कार्कीले बताए । उक्त तालिममा १७ जनाको सहभागीता रहेको थियो । तालिम पश्चात सहभागीहरुलाई च्याउको बिउ, प्लाष्टीक र पानी छर्कने हजारी वितरण गरिएको छ ।
सोहि कार्यक्रम आइतबार द.न.पा.४मै रहेको लटैनाथ महिला कृषि समुहमा सञ्चालन गरिनेछ । तालिममा सहभागी भएका व्यक्तिहरुले च्याउ खेतीमा आवद्ध हुने बताएकाछन् ।
प्रतिक्रिया