२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सडक स्तरोन्नतिको नाममा सास्ती, घण्टौंसम्म बाटोमा अलपत्र यात्रु

SansherOnline SansherOnline
शनिबार १८, चैत २०७९ ०९:०८
सडक स्तरोन्नतिको नाममा सास्ती, घण्टौंसम्म बाटोमा अलपत्र यात्रु

 

बैतडी : महाकाली राजमार्गमा स्तरोन्नतिको नाममा यात्रुलाई सास्ती हुन थालेको छ । महाकाली राजमार्गको बैतडी देखि डडेल्धुरा जोड्न् सडकमा सडक डिभिजन कार्यालय कुलपातेमार्फत सडक स्तरोन्नति तथा पुर्नस्थापना कार्यक्रमअन्तर्गत मोड सुधार भइरहेको छ । तर, मोड सुधारका नाममा घण्टौंसम्म सडक बन्द गरेर काम हुँदा यात्रुलाई सास्ती भएको हो ।

 मोड सुधारको नाममा सडक अवरुद्व पारिएको यात्रुहरुले बताएका छन् । कठ्याङग्रिदो चिसोमा एक घण्टादेखि सडक अवरुद्व पारेर काम हुँदा निकै सास्ती भएको बझाङ गइरहेका एकजना यात्रुले बताए । 

यता सडक डिभिजन कार्यालय कुलपाते डोटीका प्रमुख दीपक झाले सडकमा आवागमन अवरुद्ध नहुने गरी काम गर्न आग्रह गरेको बताए । सडक निर्माणका लागि छुट्ट्रै टाइम कार्ड नतोकिएको भए पनि यात्रुलाई सहज हुने गरी निर्माण व्यवसायीलाई काम गर्न उनले आग्रह गरे ।

प्रतिक्रिया