२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सिगास ९ गन्सुरकी निर्मला यस्तो अवस्थामा

SansherOnline SansherOnline
शनिबार १८, चैत २०७९ ०६:४३
सिगास ९ गन्सुरकी निर्मला यस्तो अवस्थामा

बैतडी : सिगास ९ चौखामकी १५ वर्षीया बालिका निर्मला नेपालीका एक वर्षदेखि गोडा चल्दैनन् । स्वास्थ्यचौकीले नशा सम्बन्धी उपचार हुने अस्पताल लैजान सुझाए पनि आर्थिक अवभाका कारण घरपरिवारले झारफुक गर्दा निको हुन नसकेको छैन ।

 कक्षा ८ मा अध्ययनरत निर्मला बिरामी परेको एक वर्षभयो । कक्षा १ देखि ८ सम्म हिंडेर विद्यालय जाने निर्मला गत वर्ष विद्यालयको लाईनमै ढलेकी थिईन । उदय मावि च्वाँ गन्सुरमा कक्षा ८ मा अध्ययनरत बालिकाको समयमै उपचार नपाउँदा परीक्षा दिने धोको रहेको छ । 

स्वास्थ्य चौकीले अस्पताल लैजान सुझाव दिए पनि यातायत खर्च नभएको निर्मलाले बताउनुभयो । गाउँलेका कपडा सिलाएर खलो प्रथा (बालीघर) मा गुजारा गर्ने निर्मलाका बुवा गोपाल नेपालीको मृत्यु भएको तीन वर्षभयो कमाउने अभिभावको मृत्युपछि साँझ बिहानको छाक टार्न धौधौ परेको निर्मलाकी आमा धौली नेपालीले बताउनुभयो । 

बस्ने घर बाहेक केही नभएको पीडा सुनाउँदै बालिकाकी आमा धौली नेपालीले आर्थिक अभावका कारणले छोरीको उपचार गराउन नपाएको बताउनुभयो अस्पताल जाने गाडी भाडा नहुँदा धामी,झाँक्री र वैद्य बोलाएर एक वर्षदेखि झारफूक चलिरहेको उहाले बताउनुभयो । 

उहाँले भन्रुभयो, उपचार गराएर यो वर्ष एसईई परीक्षा दिन्छू भन्थी, छोरीका गोडा नै चल्दैनन । झारफूकले निको भएन । उपचार हुँदैन भनेर बिख दिएर मार्नु भन्छे । बोकर भित्र बाहिर लैजाने गरेका छौ । पढन त अब कसरी सक्छे उपचार गराउन पाए पनि धन्य हे घरुने थिए   

उपचार नपाएर बालिका थला परेको जानकारी प्राप्त भएपछि भेटन गएको सिगास गाउँपालिकाका उपाध्यक्ष धाना धामीले बताउनुभयो बालिको घरमा पुग्दा आँसु थाम्र नसक्ने गरिबी र अभाव देखिएको बताउनुभयो । 

उहाँले भन्रभयो गाँउपालिकाका प्रत्येक वडामा महिला सञ्राल गठन गदै जाँदा बालिकाको बिषयमा सुनेपछि घरमै भेटन गए । घर परिवारको दयनीय अवस्था छ । वडा कार्यालयबाट सिफारिस बनाएर गाँउपालिकाबाट बालिकाको उपचारका लागि पहलगर्छु । 
गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा तुरुन्तै आर्थिक सहयोग गर्न सकिने अवस्था भने नभएको उहाँले बताउनुभयो 

बालिकाको उपचार गर्न बैतडी असप्ताल पुग्र एक दिन लाग्छ भने सुदुरपश्रि प्रदेशको राजधानी धनगढीका अपस्ताल जान करिब डेढ दिन लाग्रे परिवारका सदस्य बताएका छन । बैतडी अस्पताल जान एक हजार गाडी भाडा लाग्छ भने धनगढी पुग्र करिबन दुई हजार भाडा लाग्रे बालिकाकी आमा धौली नेपालीले बताउनुभयो । गरिबको दुःख बाँडने मनकारी भेटिए छोरीको उपचार हुने आशा रहेको उहाँले बताउनुभयो 

प्रतिक्रिया