बैतडी : बैतडीमा जिप दुर्घटनमा परेको छ । देहिमाण्डौबाट धनगढीतर्फ गइरहेको सु प प्र ०१–००१ च ३१२५ नं को बोलेरो जिप दशरथचन्द राजमार्ग अन्तरगत पर्ने पाटन नगरपालिका ४ को तोली भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।
जिपमा १० जना सवार रहेको र उनिहरुको अवस्था समान्य रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिए ।
जिपको ब्रेक फेल भएर सडकको भित्तामा ठोकीनगई सडकछेउमै पल्टेको प्रहरीले बताएको छ ।
प्रतिक्रिया