२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

बाजुरामा जिप दुर्घटना ७ जना घाइते

SansherOnline SansherOnline
शुक्रबार १७, चैत २०७९ ०६:२५
बाजुरामा जिप दुर्घटना ७ जना घाइते

बाजुरा :  बाजुरामा शुक्रवार जिप दुर्घटना भएको छ । जिल्लाको बुढिनन्दा नगरपालिकाको कोल्टी पिल्चौरा कच्ची सडक खण्डबाट  धुलाचौर जादै गरेको ग १ ज ७५६९ नम्बरको जीप कोल्टी तल्लो बजारमा दुर्घटना भएको हो ।

शुक्रवार अपरान्ह ४ बजेको समयमा चालकसहित ८ जना यात्रु बोकेर धुलाचौर जाँदै गरेको बलेरो जिप अनियन्त्रित भएर सडकमै पल्टीएको बाजुरा प्रहरीले बताएको छ । दुर्घटनामा  परेर ७ जना घाइते भएको र चालकको हातको कुहिनामा सामान्य चोट लागेको छ ।

घाइते हुनेमा हिमाली गाउँपालिका–३ का १६ वर्षीय कार्सिङ गुरुङ, ११ वर्षीय पासाङ गुरुङ, ६७ वर्षीय दावा सान्पाङ्ग, हिमाली–७ का २२ वर्षीय यग्यराज उपाध्याय, मुगु खत्याड गाउँपालिका–११ की ७० वर्षीया रनदेवी शाही, २६ वर्षीया परु शाही  र गाडी चालक हेमराज तिमिल्सिना रहेका छन्।

घाइतेहरुको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइते सबै जनाको अवस्था सामान्य रहेको कोल्टी प्राथमिक स्वास्थ्य कार्यालयका डाक्टर रन्जित श्रेष्ठले बताए।

प्रतिक्रिया