२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन, सरकार अझै अपूर्ण

SansherOnline SansherOnline
शुक्रबार १७, चैत २०७९ ०४:४२
सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन, सरकार अझै अपूर्ण

 

काठमाडौं  : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । १० पुसमा प्रधानमन्त्री भएकाले उनले नेपाली कांग्रेस, जनता समाजवादी पार्टी लगायतका दललाई समेटेर उनले शुक्रबार मन्त्रिपरिषद् विस्तार गरेका हुन् । तर सरकारले अझै पूर्णता पाउन सकेन । 

प्रधानमन्त्री प्रचण्डले कांग्रेसको सिफारिसमा चार सांसदलाई मन्त्री नियुक्त गरेका छन् । उपसभापति पूर्णबहादुर खड्का उपप्रधान तथा रक्षामन्त्री भएका छन् भने डा. प्रकाशशरण महत अर्थ, रमेश रिजाल उद्योग र सीता गुरुङ शहरी विकासमन्त्री भएकी छन् ।

जनता समाजवादी पार्टी (जसपा)को सिफारिसमा अशोक राई शिक्षामन्त्री भएका छन् । यस्तै एकीकृत समाजवादीका उपाध्यक्ष बेदुराम भुसाल कृषि र उपमहासचिव प्रकाश ज्वाला भौतिक पूर्वाधार तथा यातायातमन्त्री नियुक्त भएका छन् ।

प्रतिक्रिया