बैतडी : बैतडीमा एक किशोरी बेपत्ता भएकी छिन् । जिल्लाको पाटन नगरपालिका वडा नं ४ जेउड्याकी १५ वर्षिया गोमती लाबड देहिमाण्डौँबाट बेपत्ता भएकी हुन् । यहि चैत १५ गतेबाट छोरी सम्पर्क विहिन भएकी किशोरीका बुवा दिलिप लाबड जानकारी दिए ।
चैत १५ गते बुधबार देहिमाण्डौँ जात्रा जान्छुु भनेर घरबाट हिँडेकी छोरी अहिले सम्म घर नफर्केकी उनले बताए । दुई दिन देखि छोरी सम्पर्क विहिन भएकी भन्दै उनले कसैले देखेमा नजिकको प्रहरी अथवा ९८२२७३४२१३ र ९७४६२७३०८१ नम्बरमा सम्पर्क गरिदिन आग्रह गरेका छन् ।
प्रतिक्रिया