बैतडी : बैतडीको मेलौली नगरपालिका–१ का वडा अध्यक्ष शरद सिंह नेगीमाथी कुटपिट भएको छ । बिहिबार राती ९ बजेको समयमा वडा नं १ को जेरो पोइन्ट बजारको एक पसलमा वडाअध्यक्ष नेगीमाथी सोही वडा कार्यालयमा कार्यरत कार्यालय सहयोगी ४२ वर्षीय जनार्दन नेगी र उनका छोरा २३ वर्षीय पारश नेगीले कुटपिट गरेका हुन् ।
कुटपिट गर्ने दुबै बुवाछोरालाई नियन्त्रणमा लिएको र वडा अध्यक्ष नेगीलाई उपचारको लागि डडेल्धुरा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक यागेश खत्रीले जानकारी दिए ।
वडा अध्यक्ष नेगीका ४ वटा दात भाचिएका छन् । कुटपिट गर्दा सामान जोख्ने ढक प्रयोग गरेको खुलेको छ ।
वडाकै विषयमा बिवाद भई झडपको स्थिती सिर्जना भएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ
प्रतिक्रिया