बैतडी : बैतडीको पाटन नगरपालिकाले ‘ख’वर्गको एम्बुलेन्स खरीद गरेको छ । गत आर्थिक बर्षमै एम्बुलेन्स खरीदका लागि बजेट विनियोजन भएको र खरीद प्रक्रियाका कारण यो बर्ष मात्रै एम्बुलेन्स भित्रिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रका जनस्वास्थ्य निरीक्षक प्रेमसागर भट्टले बताए ।
नगरपालिकाको १९ लाख ९० हजार को लागतमा एम्बुलेन्स खरीद गरिएको पाटन नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मदनसिंह महराले बताए । सो एम्बुलेन्सलाई सञ्चालन गर्नका लागि पाटन प्राथमिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिसकिएको महराले बताए ।
नेपाल सरकारले ‘क’वर्ग र ‘ख’वर्ग एम्बुलेन्स मात्रै सञ्चालन गर्न पाउने नियम बनाएपछि नगरपालिकाले ‘ख’वर्गको एम्बुलेन्स खरीद गरेको हो ।
पाटन प्राथमिक स्वास्थ्य केन्द्रसंग रहेको पुरानो एम्बुलेन्स सिद्धेश्वर स्वास्थ्यचौकीमार्फत सञ्चालन गरिने भएको छ । सो एम्बुलेन्स सिद्धेश्वर स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिसकिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए ।
प्रतिक्रिया