बैतडी : बैतडीको मेलालीमा मदिरा बिक्री वितरण गर्न रोक लगाइएको छ । मेलाली नगरपालिकाले शुक्रबारदेखी सञ्चालन हुने एसइई परीक्षालाई मध्यनजर गर्दै परीक्षा अवधीभर मदिरा विक्री वितरण तथा सेवन गर्न निषेधित गरीएको जनाएको हो । एसइई परिक्षाका लागि तोकिएका परीक्षा केन्द्रहरु आसपास मदिरा बिक्री बितरण र सेवनमा रोक लगाइएको नगरप्रमुख भीमबहादुर चन्द (भूकम्प) ले जानकारी दिए ।
मेलौली नगरपालिकाको मणिलेक मावि काँडा, दुर्गा मावि खलिगाड र विजयपुर मावि तितावैमा एसइइका लागि परिक्षा केन्द्र तोकिएका छन् । चैत १६ गतेदेखी नै मदिरा विक्री वितरणमा रोक लगाएका छौ , यदि सोकार्य गरेको पाइएमा प्रचलित कानुन बमोजीम कारवाही गर्छौ, चन्दले भने ।
साथै परिक्षा अवधीभर तोकीएको दररेट भन्दा बढी मूल्यमा उपभोग्य सामान बिक्री नगर्न आग्रह गरेको छ ।
प्रतिक्रिया