२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

वैशाख १० गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिए

SansherOnline SansherOnline
बिहिबार १६, चैत २०७९ ०५:०८
वैशाख १० गते हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकिए

 

काठमाडौं : निर्वाचन आयोगले वैशाख १० गते हुने प्रतिनिधिसभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतहरूको नियुक्ति गरेको छ । बारा, तनहुँ र चितवनमा हुने उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको हो ।

आयोगले जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृतको जिम्मेवारी दिएको छ । निर्वाचन आयोगले  चितवन क्षेत्र नम्बर २ मा न्यायाधीश वासुदेव  न्यौपाने,बारा क्षेत्र नम्बर २ मा  न्यायाधीश मुकेश उपाध्याय र तनहुँ क्षेत्र नम्बर १ का लागि न्यायाधीश कोमल प्रसाद आचार्यलाई मुख्य निर्वाचन अधिकृतमा नियुक्त गरेको हो ।

मुख्य निर्वाचन अधिकृतको नियुक्तिसँगै चैत्र १८ गतेदेखि सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय खुल्ने आयोगले जनाएको छ । उपनिर्वाचनका लागि चैत्र २० गते उम्मेदवारीको मनोनयन पत्र दर्ताको कार्यक्रम तोकिएको छ । 

प्रतिक्रिया