काठमाडौं : काठमाडौंमा आन्दोलनरत चार जना मिटरब्याज पीडित अस्पताल भर्ना भएका छन् । १२ दिनदेखि पैदल यात्रा गरेर महोत्तरीदेखि काठमाडौं आएका ७३ जनामध्ये करिब ५५ जना मंगलबार बेलुकीदेखि अस्वस्थ भएका थिए । उनीहरुलाई वीर अस्पतालका चिकित्सकले शिविर मै आएर जाँच गरेका थिए । जसमध्ये ९ जना थप स्वास्थ्य परिक्षणका लागि अस्पताल रिफर भएको संघर्ष समितिका अगुवा संघर्ष दाहालले बताए ।
‘अस्पताल गएका ९ मध्ये ५ जना फर्कनु भयो,’ उनले भने,‘ बाँकी ४ जनाको स्वास्थ्य परीक्षण भइरहेको छ ।’ दाहालकाअनुसार उनीहरुलाई चिसो लागेको र अन्य स्वास्थ्य समस्या पनि देखिएको प्रारम्भिक परीक्षणमा देखिएको छ ।
प्रतिक्रिया