२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

आज श्रीराम नवमी पर्व मनाइँदै

SansherOnline SansherOnline
बिहिबार १६, चैत २०७९ ०९:५५
आज श्रीराम नवमी पर्व मनाइँदै

 

बैतडी : चैत्रशुक्ल नवमी अर्थात् रामनवमी । सनातन हिन्दु धर्मावलम्बीहरूले भगवान् श्री रामको पूजाअर्चना गरी यो पर्व मनाउँदै छन् । 

भगवान् विष्णुको सातौँ अवतारको रूपमा त्रेतायुगमा अयोध्यामा जन्मिएका राम मर्यादा पुरूषका रूपमा परिचित छन् । अयोध्याका राजा दशरथका जेष्ठ पुत्रका रूपमा कौशल्याको गर्भबाट यही तिथिमा रामको जन्म भएको श्रीमद्भागवत महापुराण नवमस्कन्ध दशौं अध्यायमा उल्लेख छ ।

उनले रावणलगायतका आसुरी शक्तिको अन्त्य गरी पृथ्वीमा शान्ति ल्याएको इतिहास पुराणमा उल्लेख छ । कर्तव्यपालनाको दृष्टान्त दिँदा राम र लोककल्याणकारी राज्यको उदाहरण दिँदा रामराज्यको उल्लेख गरिन्छ । 

रामनवमीमारामको चरित्र वर्णन गरिएका भागवतलगायतका पुराण, रामायणलगायतका ग्रन्थ पाठ गर्ने पनि परम्परा छ । रामनवमीको अवसरमा उनको जन्मभूमि अयोध्या (भारत) र ससुराली जनकपुर (नेपाल) क्षेत्रमा उत्सव चल्छ ।

राम नवमीका अवसरमा बैतडीका विभिन्न स्थानमा रहेका रामजानकी मन्दिरहरुमा पूजापाठ, भजन किर्तन गरिँदैछ । 

प्रतिक्रिया