२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

पाटनको ओखलेश्वर महादेव धाममा २५ फिट अग्लो त्रिशुल चढाइयो

SansherOnline SansherOnline
बुधबार १५, चैत २०७९ ०८:०५
पाटनको  ओखलेश्वर महादेव धाममा २५ फिट अग्लो त्रिशुल चढाइयो

 

बैतडी : बैतडीको पाटन नगरपालिका ८ र ९ को सिमाना ओखलधुरामा रहेको ओखलेश्वर महादेव धाममा त्रिशुल राखीएको छ । पाटन नगरपालिका वडा नम्बर ९ को चालू आर्थिक बर्षको विनियोजित बजेटमा ओखलेश्वर महादेवको धाममा बुधबार चैते दशैँको अवसरमा त्रिशुल चढाईएको वडासचिव रामदत्त जोशीले बताए । रु १० हजारको लागतमा सवा २५ फिट अग्लो फलामको त्रिशुल चढाईएको उनले जानकारी दिए ।

सो क्षेत्रलाई  धार्मिक तथा पर्यटिकय स्थलको रुपमा विकास गर्न त्रिशुल चढाइएको वडा कार्यालयले जनाएको छ । सो त्रिशुल चढाउन जिल्ला समन्वय समितिका सदस्य प्रेमसिह भाट , वडा नम्बर ९ का वडाअध्यक्ष कालुसिह भाटसहित वडा नम्बर ८ र ९ का झन्डै ६० जना धार्मिक तथा सामाजिक व्यक्तित्वहरुको उपस्थीत रहेका थियो । वडा कार्यालयले यस क्षेत्रकै प्रशिद्ध धार्मिक तथा पर्यटिकय स्थल ओखलेश्वर धाममा त्रिशुल चढाएपछि स्थानीयहरु पनि खुशी भएका छन् ।

प्रतिक्रिया