२०८१ असोज ०४ गते शुक्रबार
ट्रेन्डिङ

निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न , साढे २ सय राँगा र ५ सय बोकाको बलि

SansherOnline SansherOnline
बुधबार १५, चैत २०७९ ०५:११
निङ्गलाशैनी भगवती मन्दिरमा जात्रा सम्पन्न , साढे २ सय राँगा र ५ सय बोकाको बलि

 

बैतडी : बैतडीको देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा पशु बलिसहित जात्रा सम्पन्न भएको  छ । आज चैते दशैँमा लागेको जात्रा सम्पन्न भएको हो । हिजो  देखि सुरु भएको जात्रा चैतेदशैंका दिन आज राँगा र बोकाको बलिसहित समापन भएको  निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिले जनाएको छ ।

जात्रामा २सय ५० राँगा र ५ सय बोकाको बलि दिइएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए । मन्दिरमा चैत शुक्ल प्रतिपदाका दिनदेखि नित्य पूजाआजा भइरहेको थियो । निङ्गलाशैनी भगवती मन्दिरमा चैत शुक्ल अष्टमीका दिन पशु बलिसहित जात्रा हुने गरेको छ । सप्तमीका दिन राँगा बाँध्ने र अष्टमीका पशुबलि दिने चलन रही आएको हो ।

निङ्गलाशैनी भगवती मन्दिरमा बर्षमा ४ पटक जात्रा लाग्ने गरेको बताइएको छ । दशैंको बेला महाष्टमीका दिन पशुबलिसहित जात्रा हुने निङ्गलाशैनी भगवती मन्दिरमा चैतको महिनाको चैतेदशैंमा पनि जात्रा हुने गरेको छ ।  यस्तै गरेर अनन्त चतुर्दशी र धान्य पूर्णिमाका दिन पनि सो मन्दिरमा जात्रा लाग्ने गर्दछ । निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रामा नेपालका मात्रै नभएर सीमावर्ती भारतीय दर्शनार्थी समेत आउने गरेका छन् । निङ्गलाशैनी भगवती  माताको  दर्शन गरेमा मनोकामना पूर्ण हुने  भएका टाढाबाट दर्शनर्थी  आउने गरेका छन्। 

प्रतिक्रिया