२०८१ असोज ०३ गते बिहिबार
ट्रेन्डिङ

गाउँमै बैंकीङ सेवा सुचारु ,बैतडीका ३ पालिकाका नागरीक लाई सहज

SansherOnline SansherOnline
मङ्गलबार १४, चैत २०७९ ०६:२८
गाउँमै बैंकीङ सेवा सुचारु ,बैतडीका ३ पालिकाका नागरीक लाई  सहज

बैतडी : बैतडीका सुर्नया ८ ढोलेमा साखारहित बैंकीङ सेवा सुचारु भएको छ । नेपाल इन्भेस्टमेन्ट मेघा बैंकको साखारहित बैंकीङ सेवा सुचारु भएका छन् । पैसा जम्मा तथा झिक्न पाइने, खाता खोल्न सकिने, खानेपानी तथा विद्युतको बिल भूक्तानी गर्न मिल्ने, रेमिट्यान्स सेवा लगायतका बैंकीङ सेवा सञ्चालन हुने बताइएको छ । 

मंगलबार एक औपचारिक कार्यक्रमकाबीच सत्बाजमा रहेको इन्भेस्टमेन्ट मेघा बैंकका साखा प्रबन्धक इन्चार्ज गोविन्द बिष्ट, वडा नं ८ का वडा अध्यक्ष भान बहादुर बोहरा लगायत स्थानीयहरुको सहभागितामा साखारहित बैंकको उद्घाटन गरिएको थियो ।  

गाउँमै बैंक सम्बन्धी सेवा प्राप्त हुनेभएपनि यहाका नागरीकहरुलाई पनि सहज हुने वडा नं ८ का वडा अध्यक्ष भान बहादुर बोहराले बताए । बैतडीको सुर्नया गाउँपालिका, पुर्चाैडी नगरपालिकाका केहि भूभाग र सिगास गाउँपालिकाका स्थानीयहरुले समेत यस बैंकीङ साखाबाट सुबिधा प्राप्त गर्ने बताइएको छ । 

प्रतिक्रिया