२०८१ असोज ०३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीको मेलौली र पञ्चेश्वरमा आपतकालीन नमुना अभ्यास सम्पन्न

SansherOnline SansherOnline
मङ्गलबार १४, चैत २०७९ ०३:०७
बैतडीको मेलौली र पञ्चेश्वरमा आपतकालीन नमुना अभ्यास सम्पन्न

 

बैतडी : बैतडीको मेलौली नगरपालीकाका दुई वडा र पञ्चेश्वर गाउपालिको एक वडामा आपतकालीन नमुना अभ्यास सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाईटीद्धारा सञ्चालित सेफर नेपाल परियोजनाको सहयोग र परियोजना सञ्चालित पालिका वडाको आयोजनामा सम्पन्न भएको हो।

मेलौली नगरपालिका-०८ को कमलपुर माबिमा यहि चैत्र ११ गते आपतकालीन नमुना अभ्यास सम्पन्न भएको नेरेसो जिल्ला शाखा सेफर नेपाल परियोजना बैतडीका सामुदायिक प्रशिक्षक रुपक कठायतले बताए। यसैगरि मेलौली नगरपालीकाको वडा नम्बर ९ को बिशालपुर माबिमा यहि चैत्र १३ गते र पञ्चेश्वर गाउपालिका–०१ को वडा कार्यालयमा यहि चैत्र ९ गते आपतकालीन नमुना अभ्यास सम्पन्न भएको उनले बताए।

आपतकालीन नमुना अभ्यास गर्ने गराउने कार्य अन्तंरगत वडामा विपद् परेको समयमा खोज तथा उद्धार कसरि गर्ने भनेर सिकाइएको जनाईएको छ। यसैगरि प्राथमिक उपचार, राहत वितरण र विभिन्न सरोकारवालाहरु संग समन्वय गर्न सहजता ल्याउने र तालिम प्राप्त जनशक्तीहरुको सीपको परिक्षण तथा पुर्नताजगीगर्न गराउन र समुदायमा सचेतना बृद्धी गर्न आपतकालीन नमुना अभ्यास संचालन गरीएको हो।

आपतकालीन नमुना अभ्यासबाट करीव ५०० ब्यक्तिहरुले अवलोकन गरेका छन। वडा स्तरीय विपद् ब्यवस्थापन समितिको काम, कर्तब्य, जिम्मेवारी र अधिकार मध्ये आपतकालीन नमुना अभ्यास गर्ने गराउने पनि रहेको जनाईएको छ।

हाल वडा अध्यक्ष संयोजक रहने गरी वडा स्तरीय विपद् ब्यवस्थापन समिति गठन भैइसकेको समेत जनाईएको छ।

प्रतिक्रिया