२०८१ असोज ०३ गते बिहिबार
ट्रेन्डिङ

सुदूरपश्चिम प्रहरी प्रमुखमा भरतबहादुर बोहरा

SansherOnline SansherOnline
मङ्गलबार १४, चैत २०७९ ११:०७
सुदूरपश्चिम प्रहरी प्रमुखमा भरतबहादुर बोहरा

 

धनगढीः गृह मन्त्रालयले सुदूरपश्चिम प्रदेशमा नयाँ प्रहरी प्रमुख खटाएको छ।

प्रहरी प्रधान कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीको प्रमुखमा एसएसपी भरतबहादुर बोहरालाई खटाइएको हो। तत्कालीन डीआईजी अशोक सिंहले राजिनामा दिएपछि सुदुरपश्चिम प्रदेश प्रहरी कार्यालय नेतृत्वविहिन थियो।

नेपाल प्रहरी प्रधान कार्यालयको प्रहरी निरिक्षणालयमा कार्यरत एसएसपी बोहरालाई सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारीमा खटाइएको बताइएको छ।

प्रतिक्रिया