बैतडी : कामको सिलसिलामा भारतमा रहेका बैतडीका एक युवकको ढुंगा लागेर मृत्यु भएको छ । जिल्लाको डिलाशैनी गाउँपालिका वडा नं ६ गोकुलेश्वरका अन्दाजी ३० बर्षका नरीराम ओडको सडकमाथिबाट खसेको ढुंगा लागेर मृत्यु भएको हो ।
नारायण आश्रम रोड अन्तर्गत काकडपानी भन्ने स्थानमा सडक निर्माणको काममा संलग्न रहेका ओडको सडक माथिबाट खसेको ढुंगा लागेर सोमबार मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
भारतको पिथौरागढ जिल्ला अन्तर्गत पर्ने सो सडक निर्माण भइरहेको र सोही सडकमा ओड समेत काम गर्दै आएका थिए । सडकमाथिबाट खसेको ढुंगा लागेर ओडको घटनास्थलमै मृत्यु भएको जनाइएको छ ।
प्रतिक्रिया