२०८१ असोज ०३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा एसइई परीक्षाको तयारी पूरा , मर्यादित र निष्पक्ष रुपमा सम्पन्न गर्न सबैमा आग्रह

SansherOnline SansherOnline
सोमबार १३, चैत २०७९ ०६:०२
बैतडीमा एसइई परीक्षाको तयारी पूरा , मर्यादित र निष्पक्ष रुपमा सम्पन्न गर्न सबैमा आग्रह

बैतडी : बैतडीमा एसइई परीक्षाको तयारी पूरा भएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ। यहि चैत १७ गते शुक्रबारबाट हुने एसईई परीक्षाको तयारी जिल्लामा अन्तिम चरणमा पुगेको  हो । बैतडीमा एसईईको  तयारी अन्तिम चरणमा  पुगेको शिक्षा विकास तथा समन्वय  इकाइ  प्रमुख नरेन्द्र  प्रशाद अवस्थीले जानकारी दिए ।

 बैतडीबाट यस वर्ष एसईई परीक्षामा २६ सय ६२ छात्र र २६८९ छात्रा गरि पाँच हजार तीन सय ५१ जना सहभागि हुँदै छन् ।

४ हजार  ९८९ नियमित, ग्रेड वृद्धि १४४, २१८ जना गरि  प्राविधिक धारका परीक्षार्थीहरु गरि पाँच हजार तीन सय ५१ जना  परीक्षामा सहभागि हुने शिक्षा विकास तथा समन्वय  इकाइ  प्रमुख अवस्थीले बताए । परीक्षाका लागि २५ केन्द्र तोकिएका छन् ।  जिल्ला परीक्षा समन्वय समितिको बैठकले एसइइ परीक्षा सञ्चालनका लागि २५ ओटा केन्द्र तोकेको थियो ।

 गत विगतमा ग्रेड वृद्धि र प्राविधिक धारका परीक्षार्थीका लागि अलगै केन्द्र तोकिने गरेको थियो । अन्य बर्ष ग्रेड वृद्धि र प्राविधिधारका लागि अलग केन्द्र राखिने गरेको भएपनि यो बर्ष त्यो केन्द्र हटाइएको छ । यो  वर्ष  ग्रेड वृद्धि र प्राविधिकधारका परीक्षार्थीहरुले पनि सम्बन्धित विद्यालयको केन्द्र मार्फत नै परीक्षा दिन पाउने भएका छन् 

एसइई परीक्षालाई मर्यादित र निष्पक्ष रुपमा सम्पन्न गर्न सरोकारवाला निकायलाई आवस्यक सहयोग गरिदिन आग्रह गरिएको छ ।  माध्यामिक शिक्षा परीक्षा एसइई परीक्षालाई निष्पक्ष, मर्यादित, भयरहित शान्तिपूर्ण, वातावरणमा सञ्चालन गर्न सबै क्षेत्रबाट आवस्यक सहयोग गरिदिन शिक्षा विकास तथा समन्वय इकाई बैतडीको माध्यामिक शिक्षा उर्तीण परीक्षा समन्वय समितिले आग्रह गरेको हो ।

राजनैतिक दल, स्थानीय तह, केन्द्राध्यक्ष, संचारकर्मी, विद्यालय परिवार, अभिभावक शिक्षक, विद्यार्थी अधिकारकर्मी, उद्योग बाणिज्य संघ, होटल व्यवसायी, बजार व्यवस्थापन समिति एवं सरोकारवाला निकाय सबैमा आवस्यक सहयोग गरिदिन आग्रह गरिएको हो । 

प्रतिक्रिया