बैतडी : बैतडीको गाँजरीस्थित सिगास शिक्षा क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनमा नेविसंघका उम्मेदवार निर्वाचित भएको घोषणा गरिएको छ । उम्मेदवार मनोयनको अवधिभित्र नेविसंघ बाहेक कसैको पनि उम्मेदवारी नपरेकाले नेविसंघका उम्मेदवारलाई निर्वाचित भएको घोषणा गरिएको निर्वाचन समितिले जारी गरेको घोषणामा उल्लेख गरिएको छ ।
चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचन विविध कारणले स्थगित भएको र मनोनयनको तोकिएको अवधिमा नेविसंघ बाहेक कुनै पनि संगठनको प्रत्यक्ष र समानुपातिक तर्फ उम्मेदवारी नपरेको निर्वाचन समितिले जनाएको छ ।
निर्वाचन समितिले घोषणा गरे अनुसार सिगास शिक्षा क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका लोकेन्द्रसिंह धामी, उपसभापतिमा लक्ष्मी चर्मकार, सचिवमा नरेन्द्रबहादुर भुल, कोषाध्यक्षमा अनिता धामी, सहसचिवमा बबिता धामी निर्वाचित भएका छन् ।
यस्तै दिपकसिंह धामी, चनमति भट्ट, विन्देश्वरी भुल, शारदा भुल, विन्देश्वरी विश्वकर्मा र गोदावरी धामी सदस्यमा निर्वाचित भएका छन् ।
प्रतिक्रिया