२०८१ असोज ०३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा भिरबाट लडेर एकजनाको  मृत्यु

SansherOnline SansherOnline
सोमबार १३, चैत २०७९ ०५:१३
बैतडीमा भिरबाट लडेर एकजनाको  मृत्यु

 

बैतडी : बैतडीमा भिरबाट लडेर एक जनाको  मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका वडा नं ४ बत्थीका ५० वर्षिय जगदिश सिंह महराको आइतबार भिरबाट लडेर मृत्यु भएको हो ।

 दिउंसो १ बजे वडाकै बग्गीचोर भन्ने ठाउँमा महरा भिरबाट लडेर गम्भीर घाइते भएका थिए । लडेर  गम्भीर भएका उनलाई उद्धार गरेर पाटन प्राथमिक स्वास्थ्य केन्द्रमा लगिएको थियो   ।

महरालाई  स्वास्थ्य केन्द्रमा पुर्याएपनि उपचारका क्रममा उनको मृत्यु भएको  इलाका प्रहरी कार्यालय पाटनका इन्चार्ज योगेश खत्रीले जानकारी दिए । ‘दिउंसो १ बजे भिरबाट लडेका रहेछन्, हामीलाई  खबर आयो, उद्धार गरेर स्वास्थ्य केन्द्रमा पुर्याएका थियौँ,१ः४५ मा उपचारकै क्रममा उनको  मृत्यु भयो,’ प्रहरी इन्चार्ज खत्रीले भने  ।

प्रतिक्रिया