बैतडी : बैतडीको जिल्ला प्रशासन कार्यलयले सडक किनारमा जथाभावी ढुङ्गा, गिट्टी र बालुला राखे कडा कारबाही गर्ने भएको छ।
सडक दुर्घटना न्यूनिकरण गर्न सडक क्षेत्रमा निर्माण व्यवसायी र स्थानीयलाई जथावी निर्माण सामग्री नराख्न आग्रह गरेकोे प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । सडक यातायातलाई सुरक्षित, सुव्यस्थित र भरपर्दो बनाउन अबरोध हटाउने निर्णय भएको उनले बताए । ग्रामीण सडकमा टिप्पर तथा मालवाहक साधनमा झुण्डिएर यात्रा गर्ने प्रवृत्ति समेत बढेकाले झुण्डिएर यात्रा नगर्न÷नगराउन पनि प्रशासनले आग्रह गरेको छ ।
निर्माण व्यवसायी र स्थानीयहरुले सडकमा निर्माण सामग्री राख्ने गरेका छन् । जसका कारण दुर्घटनाको जोखिम बढेको छ । प्रशासनले गरेको यो निर्णय कार्यान्वयनमा आए सडक अवरोध हटेर दुर्घटना कमहुने अपेक्षा गरिएको छ ।
बैतडी जिल्लामा सडक दुर्घटना हुने, स्थानीय तहका स्वास्थ्य संस्थामा उपचार नपाउने सर्वसाधारण मेडिकमा जाने र त्यहाँ जनस्वास्थ्यमा प्रतिकूल असर हुने क्रियाकलाप बढेपछि प्रशासनले अनुगमन गर्न थालेको छ ।
सार्वजनिक महत्व र जनस्वास्थ्यको सुरक्षाको ख्याल राख्दै जिल्ला प्रशासन कार्यालय बैतडीले बजार अजुगमन, स्वास्थ्य क्षेत्रको अनुगमन, सडक दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीमार्फत सवारी साधनको नियमन र अनुगमन भईरहेको जनाएको छ ।
प्रतिक्रिया