२०८० फागुन २१ गते सोमबार
ट्रेन्डिङ

सेटीगाउँ क्याम्पसको सभापतीमा साझा उम्मेदवार मोहन बोहरा विजयी

SansherOnline SansherOnline
आइतबार ०५, चैत २०७९ ०६:४८
सेटीगाउँ क्याम्पसको सभापतीमा साझा उम्मेदवार मोहन बोहरा विजयी

बैतडी : बैतडीको सेटीगाउँ बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी प्यानल विजयी भएको छ । माओवादी निकट अखिल  क्रान्तिकारी र एमाले निकट अनेरास्ववियुबाट सभापतीमा साझा उम्मेदवार मोहन बोहरा(अखिल क्रान्तिकारी) विजयी भएका छन् । उनले १०२ मत प्राप्त गरे । उनका प्रतिद्धन्द्धी नेवि संघका मदन नाथले ६२ मत प्राप्त गरे । 

सचिवमा अनरास्ववियुका रमेश माल (११८) विजयी भएका छन् । कोषाध्यक्षमा अनेरास्ववियुका मनोज जोशी विजयी भएका छन् । 

सदस्यमा नेवि संघका गोकर्ण माल, अनेरास्ववियुका अर्चना साउँद, अनेरास्ववियुकी प्रमेश्वरी जोशी विजयी भएकी छन् ।  
 

प्रतिक्रिया