२०८१ बैशाख १५ गते शनिबार
ट्रेन्डिङ

श्रीकोट बहुमूखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका शम्भुराज गिरी ९२ मतले विजयी

SansherOnline SansherOnline
आइतबार ०५, चैत २०७९ ०६:३७
श्रीकोट बहुमूखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका शम्भुराज गिरी ९२ मतले विजयी

बैतडी : बैतडीको श्रीकोट बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका शम्भुराज गिरी प्यानल सहित विजयी भएका छन् । गिरीले ९२ मत पाए भने उनका निकटतम् प्रतिस्पर्धी अखिल क्रान्तिकारीका लोकबहादुर कार्कीले ६३ मत मात्रै पाए । 

सचिवमा अनेरास्ववियुकै रमेश भट्ट ९६ मत ल्याएर विजयी भएका छन् उनका निकटतम् प्रतिस्पर्धी नेविसंघका द्रोपती भट्टले ५४ मत पाइन् । यस्तै कोषाध्यक्षमा अनेरास्ववियुकै सुनिता जोशी विजयी भएकी छन् । सदस्यमा अनेरास्ववियुका उमेश भट्ट,पुष्पा कार्की र सिर्जना लुहार विजयी भएका निर्वाचन समिति संयोजक धनबहादुर खातीले बताए । 

श्रीकोट बहुमुखी क्याम्पसमा २१० जना विद्यार्थी मतदाता रहेकोमा १६० मत खसेको थियो । सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त प्यानल बनाएर चुनाव लडेका थिए भने अनेरस्ववियु एक्लै चुनावी मैदानमा उत्रेको थियो । 

 

प्रतिक्रिया