बैतडी : बैतडीको पञ्चेश्वर गाउँपालिका कुलाउस्थित नवप्रभात संयुक्त क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुकी रेखा घटाल प्यानलसहित विजयी भएकी छन् । उनले अखिल क्रान्तिकारीकी कविता चन्दलाई ११ मतले पराजित गरिन् ।
घटालले ७१ मत ल्याइन् भने चन्दले ६० मत ल्याइन् । सो क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारी संयुक्त रुपमा चुनाव लडेका थिए । अनेरास्ववियु एक्लै चुनाव लडेको थियो ।
यस्तै सचिवमा अनेरास्ववियुकी अहिल्या ठकुराठी, कोषाध्यक्षमा अनेरास्ववियुकै गीता घटाल र सदस्यहरुमा अनेरास्ववियुकै सावित्री जोशी, पूजा रावत र आसा साउँद विजयी भएका छन् ।
प्रतिक्रिया