२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

बैतडीमा खडेरीका कारण गहुँको बीउ जोगाउन मुस्किल, किसानलाई भोकमरीको चिन्ता

SansherOnline SansherOnline
शनिबार ०४, चैत २०७९ ०८:५६
बैतडीमा खडेरीका कारण गहुँको बीउ जोगाउन मुस्किल, किसानलाई भोकमरीको चिन्ता

बैतडी : बैतडीको कतिपय ठाउँमा असिनाले बालीनाली नष्ट गरेको छ । जिल्लाको पुर्चौंडी नगरपालिका सिगास गाउँपालिका र डिलाशैनी गाउँपालिकाको अधिकांश भागमा फागुन अन्तिम साता परेको असिनाले बालीनाली नष्ट गरेको किसानहरुले बताए यो  बर्ष हिउँदे बर्षा नभइकनै हिउँद सकिएपछि किसानहरु भोकमरी हुने चिन्तामा रहेका छन् । 

यो बर्ष हिउँदमा बर्षा नहुँदा लेकाली क्षेत्रमा गहुँबालीको बीउ जोगाउन मुस्किल भएको छ लामोसमय देखीको खडेरीका कारण किसान मर्कामा परेका छन् । पानी नपरेपछी खेतमा लगाएको गहुँ बाली सुक्न थालेपछि किसानहरु चिन्तामा परेका हुन् । 

पानीअभावले कतै गहुँ उर्मिएन्न, कुनै ठाउँमा गहुँ उर्मिए पनि सुकेर बालानै नलागेका किसानहरुले बताएका छन् । खेतबारीमा लगएको गहुँ पनि पानी नपरेर सुकेपछि भोकमरीको चिन्ता हुन थालेको उहाँको भनाई छ । खेतबारीमा लगाएको बाली सबै सुकेर खेत बाँझै रहेको स्थानीयले गुनासो गरेका छन् । सिंचाई सुविधा नभएका नागरिकहरुलाई अहिले भोकमरीको चिन्ताले पिरोलेको छ ।खडेरीका कारण किसानहरुलाई भोकमरी हुने चिन्ता बढेको हो छ  

सिँचाइको सुविधा नभएका ठाउँमा गहुँबाली सुकिसकेको स्थानीयहरुले बताएका छन् । यो बर्ष गहुँको उत्पादन निकै कम हुने अनुमान गरिएको 

सिंचाइ अभावमा आकाशे पानीको भरमा खेती गर्ने ठाउँका नागरिकलाई समस्या भएको डिलाशैनी वडा नम्बर ७ का स्थानीय रधुबिर सिह धामीको भनाई छ । बैतडीमा १७ हजार ५ सय हेक्टर जमीनमा गहुँ खेती हुँदै आएको छ । ८ हजार हेक्टर जमीनमा मात्रै सिंचाईको सुविधा रहेको  छ ।

प्रतिक्रिया