बैतडी : नेविसंघ र अखिल क्रान्तिकारीको तर्फबाट पाटन बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचनका लागि सभापतीको उम्मेदवार भागरथी भट्टलाई बनायको छ ।
विद्यार्थी राजनितिमा एक दसकदेखि सक्रिय भागरथी लामो समयदेखि नेविसंघको जिल्ला कार्यसमितिमा रहेकी छन् । नेविसंघबाटै उदाएकी भागरथी मूलधारको राजनिथिमा पनि परिचित छन् । विद्यार्थी आन्दोलन र विभिन्न राजनितिक आन्दोलनमा समेत बैतडीमा अग्रपन्तीमा रहने गरेकी भागरथी यसपटकको स्ववियु निर्वाचनमा सभापतीमा चुनाव लड्दै छिन् ।
अब्बल उम्मेदवारको रुपमा रहेकी भागरथीलाई सभापतीमा साझा उम्मेदवार उठाउने टुंगो लागेको नेविसंघले जनाएको छ ।
प्रतिक्रिया