बैतडी : बैतडीको सिगास गाउँपालिका गाँजरीस्थित सिगास शिक्षा क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया अघि बढाउन नेविसंघले माग गरेको छ । निर्वाचन समिति र क्याम्पस प्रमुखले एकलौटी ढंगले स्ववियु निर्वाचन स्थगित गरिएको बारेमा गम्भीर ध्यानाकर्षण भएको नेविसंघले जनाएको छ ।
नेविसंघ बैतडीका अध्यक्ष कपील केसी द्वारा हस्ता क्षरित विज्ञप्तीमा स्ववियु निर्वाचन प्रक्रिया अघि नबढे निर्वाचन समिति र क्याम्पस प्रमुखको कार्यकक्षमा अनिश्चितकालिन तालाबन्दी गरिने उल्लेख गरिएको छ ।
त्रिभुवन विश्वविद्यालयको स्ववियु निर्देशिका २०७९ र निर्वाचन समितिको कार्यतालिका अनुसार सो क्याम्पसमा फागुन २७ गते नेविसंघले मनोनयन दर्ता गरेको र सो समयभित्र अन्य कसैको पनि मनोनयन दर्ता नभएको हुँदा नेविसंघका उम्मेदवार नै स्ववियुको पदाधिकारी निर्वाचित भएका नेविसंघको जिकिर छ ।
तर निर्वाचनको विधि र प्रक्रिया विपरीत सिगास शिक्षा क्याम्पसमा स्ववियु निर्वाचन प्रक्रिया स्थगित गरिएको बारेमा गम्भीर ध्यानाकर्षण भएको नेविसंघले जनाएको छ ।
तत्काल स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाए नेविसंघ आन्दोलित हुने र आन्दोलनबाट हुने क्षतिको जिम्मेवारी क्याम्पस प्रशासन लिनुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया