२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

SansherOnline SansherOnline
शुक्रबार ०३, चैत २०७९ ०५:५७
उपराष्ट्रपतिमा रामसहाय यादव निर्वाचित

देशकाे तेस्रो उपराष्ट्रपतिका लागि शुक्रवार सम्पन्न मतदानबाट जनता समाजवादी पार्टी (जसपा) का संसदीय दलका नेता एवम् पूर्वमन्त्री रामसहायप्रसाद यादव निर्वाचित हुनुभएको छ ।

यादवको जन्म विसं २०१७ साउन ९ गते बुवा स्व. प्रसाद राय यादव र आमा स्व. सिहवादेवी यादवका कान्छो छोराका रूपमा बाराको कचोर्वा–८ बसवरियामा भएको हो । उहाँका दुई दाजुभाइ तथा तीन दिदीबहिनी हुनुहुन्छ । साथै श्रीमती, दुई छोरा र एक छोरी हुनुहुन्छ ।

उहाँ विसं २०७२ मा मधेसी जनाधिकार फोरम नेपाल र सङ्घीय समाजवादी पार्टी नेपाल एकीकरण भई गठन भएको सङ्घीय समाजवादी फोरम नेपालको महासचिव हुनुभएको थियो । यादव गएकाे मङ्सिर ४ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको चुनावमा बारा क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको हो । उहाँ यसअघि २०७४ सालमा पनि बारा–२ बाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको थियो ।

प्रतिक्रिया