काठमाडौं : उपराष्ट्रपतिको निर्वाचनअन्तर्गत मतदान सम्पन्न भएको छ ।
बिहान १० बजेदेखि शुरू भएको मतदान ३ बजे सम्मपन्न भएको हो । उपराष्ट्रपतिको निर्वाचनमा सत्ता गठबन्धनतर्फ जसपाका रामसहायप्रसाद यादव, एमालेबाट अष्टलक्ष्मी शाक्य र जनमतकी ममता झा प्रतिस्पर्धामा छन् ।
जसपाका यादवलाई ९ दलीय गठबन्धनको साथ छ । निर्वाचनमा संघीय र प्रदेशसभाका सदस्य मतदाता थिए ।
निर्वाचन अधिकृतको कार्यालयले केहीबेरमा मतगणना गरेपछि परिणाम सार्वजनिक गर्नेछ ।
प्रतिक्रिया