२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी शिक्षा क्याम्पस शाहीलेकमा नेविसंघको तालाबन्दी

SansherOnline SansherOnline
शुक्रबार ०३, चैत २०७९ ०१:०५
बैतडी शिक्षा क्याम्पस शाहीलेकमा नेविसंघको तालाबन्दी

बैतडी : बैतडी शिक्षा क्याम्पस शाहीलेकमा नेविसंघले तालाबन्दी गरेको छ । स्ववियु निर्वाचन नजिक आएका बेला नेविसंघले शुक्रबार क्याम्पसमा तालाबन्दी गरेको हो । निर्वाचन समितिले पक्षपातपूर्ण व्यवहार गरेको र स्ववियु निर्वाचन निर्देशिका र विधान विपरीत काम गरेको आरोप लगाउँदै नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको हो । 

स्ववियु उपसभापति समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित सदस्यलाई नियुक्त गर्ने प्रावधान रहेपनि क्याम्पसको निर्वाचन समितिले निर्देशिका विपरीत उपसभापतिको समेत मनोनयन दर्ता गरेको नेविसंघले आरोप लगाएको छ । 

निर्वाचन समितिका सदस्यहरुले संघसंगठनहरुमाथि पक्षपातपूर्ण व्यवहार गरेको नेविसंघको आरोप रहेको छ । विधान र निर्देशिका विपरीत स्ववियु निर्वाचनका गतिविधि अगाडि बढाउने निर्वाचन समिति संयोजकको राजीनामा माग गर्दा समेत केही पहल नभएको भन्दै नेविसंघले क्याम्पसमा तालाबन्दी गरेको जनाएको छ । 

बैतडी शिक्षा क्याम्पस त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस भएकाले यहाँ यही चैत ५ गते स्ववियु निर्वाचन गर्ने तयारी छ । तर यथास्थितीमा क्याम्पसमा स्ववियु निर्वाचन हुन नसक्ने नेविसंघले जनाएको छ । निर्वाचन समितिले विद्यार्थी संगठनहरुमाथि विभेदपूर्ण व्यवहार गरेको नेविसंघका दशरथचन्द नगरसमिति संयोजक अमर टेरले बताए । क्याम्पसका तालाबन्दी गरिएको बिषयमा प्रशासन र प्रहरीमा समेत बोधार्थ पठाएर जानकारी गराइएको उनले बताए । 

बैतडीमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका क्याम्पसहरुमा चैत ५ गते निर्वाचन हुँदैछ । 

प्रतिक्रिया