काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग–२ को अन्तिम खेलमा नेपालविरुद्ध यूएईका ब्रित्या अरविन्दले अर्धशतक बनाएका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा उत्रिएको यूएईबाट अरविन्दले ८७ बलमा ५० रन पूरा गरे । अरविन्दले चार चौका र एक छक्का प्रहार गरे ।
जारी खेलको ३४ ओभर सकिँदा यूएईले चार विकेट गुमाएर १५० रन बनाएको छ ।
लिग–२ को शीर्ष तीनमा रहन नेपाललाई आजको खेलमा जित्नैपर्ने दबाब छ । लिग–२ को चौथो स्थानमा रहेको नेपालले अहिले ३५ खेलबाट ३८ अंक जोडेको छ । त्यो तेस्रो स्थानको नामिबियाभन्दा एक अंक कम हो ।
अंकतालिकाको तेस्रो स्थानमा रहेको नामिबियाले ३६ खेलबाट ३९ अंक जोडेको छ ।
प्रतिक्रिया