२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

स्ववियु निर्वाचन: सुदूरपश्चिमका दुई क्याम्पसमा सहमतिमै भागबण्डा

SansherOnline SansherOnline
बिहिबार ०२, चैत २०७९ ०८:१२
स्ववियु निर्वाचन: सुदूरपश्चिमका दुई क्याम्पसमा सहमतिमै भागबण्डा

बैतडी : अहिलेसम्म सुदूरपश्चिमका २ क्याम्पसमा स्ववियु निर्वाचनमा सहमतिका आधारमा उम्मेदवारको टुंगो लगाइएको छ। दार्चुलाको गोकुलेश्वर र कञ्चनपुरको दानेश्वर बहुमुखी क्याम्पसमा सहमतीका आधारमा पदाधिकारी र सदस्यका उम्मेदवारको टुंगो लगाइएको हो।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दानेश्वर बहुमुखी क्याम्पसमा नेविसंघकी विमला जोशी र सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पस गोकुलेश्वर बहुमुखी क्याम्पसमा अखिल क्रान्तिकारीका नवीन विष्ट सर्वसम्मत उम्मेदवार बनेका छन्।

दानेश्वर क्याम्पसमा सभापति नेविसंघ, सचिव अनेरास्ववियु, कोषाध्यक्ष अखिल क्रान्तिकारी र सदस्यमा समाजवादीनिकट अनेरास्ववियू, राप्रपानिकट विद्यार्थीबिच सहमति भएको हो। 

सुदूरपश्चिम विश्वविद्यालयमातहतको गोकुलेश्वर क्याम्पसमा अखिल क्रान्तिकारीका नवीनसिंह विष्ट सर्वसम्मत उम्मेदवार बनेका छन्। उक्त क्याम्पसमा क्रान्तिकारी, अनेरास्ववियु र नेविसंघबीच सहमति भएको छ।

तर उनीहरुलाई निर्वाचित भएको प्रमाणपत्र भने दिन बाँकी रहेको छ। क्याम्पसले केही दिनमै उनीहरु निर्वाचित भएको औपचारिक घोषणा गरिने जानकारी दिएका छन्।

प्रतिक्रिया