बैतडी : मेलौली नगरपालिकाले योजना कार्यान्वयनलाई तिव्रता दिएको छ । चालू आर्थिक वर्षका स्विकृत योजना कार्यान्वयनलाई नगरपालिकाले तिव्रता दिएको हो । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत जगदिशप्रसाद जोशीले नगरपालिकाले बनाएको कार्यान्वयन तालिकाअनुसार काम भइरहेको बताए ।
उनले असार अगाडि नै योजना कार्यान्वयन सम्पन्न गर्ने गरी काम भइरहेको जानकारी दिए । ‘अहिलेसम्म पुँजीगत खर्च २० प्रतिशत भएको छ,’ उनले भने, ‘चालू खर्च ३५ प्रतिशत नाघेको छ । अधिकांश योजनाको सम्झौता भइसकेको छ । असारमा हामी काम गर्दैनौ । त्यो अगाडि नै काम सम्पन्न गर्छाै ।’
उनले असारमा भुक्तानी गर्दा निकै असहजता हुने बताउँदै गत वर्ष ४० देखि ४५ प्रतिशत असारमा भुक्तानी गर्नुपर्दा समस्या भएको बताए ।
प्रतिक्रिया