२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

पहिलोपटक मनाइयो बैतडीमा विश्व उपभोक्ता अधिकार दिवस

SansherOnline SansherOnline
बुधबार ०१, चैत २०७९ ०५:२७
पहिलोपटक मनाइयो बैतडीमा विश्व उपभोक्ता अधिकार दिवस

बैतडी : बैतडीमा पनि पहिलोपटक विश्व उपभोक्ता अधिकार दिवस मनाइएको छ । ‘समृद्ध बजार सुखी उपभोक्ता, जिम्मेवार बिक्रेता, जागरुक उपभोक्ता’ भन्ने नाराका साथ आज यो दिवस मनाइएको हो । 

घरेलु तथा साना उधोग कार्यालय बैतडी को आयोजनामा सञ्चालित कार्यक्रममा जिल्ला प्रशासन कार्यालय हुँदै गोठपानीसम्म याली निकालीएको थियो । 

उपभोक्ता, बजार र बिक्रेताहरूलाई सचेत गर्ने उद्धेश्यले कार्यक्रम आयोजना गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले बताए । उनका अनुसार प्रत्येक पसलहरुमा गएर सचेतना बिकाससंगै म्याद नाघेका अखाद्य बस्तु बिक्री बितरण तथा पसलमा मुल्यसुची अनिवार्य राख्न अनुरोध गरिएको छ । 

आगामि दिनमा समेत उपभोक्ताहरुको हकहितका लागि सबै सरोकारवाला निकायहरुको संयुक्त अनुगमन टोली बनाएर नियमीत अनुगमनबाट पसलहरुमा म्याद नाघेको तथा अखाद्य बस्तुलाई जफत गर्ने उनले जानकारी दिए । 

प्रमुख जिल्ला अधिकारी पन्थीले अहिलेका उपभोक्ताले सामान किन्ने मात्रै नभई सामान बनेको मिति र प्रयोग गर्न पाइने मिति हेरेर मात्रै सामान खरिद गर्न आग्रह गरेका छन । उपभोक्ताहरूलाई शङ्का लागेमा अथवा त्यस्तो शङ्कास्पद वस्तु बेचेको पाइएमा सम्बन्धित निकायलाई जानकारी गराएर कानुन कार्यान्वयनमा समन्वयकारी भूमिका खेल्न समेत आग्रह गरेका छन ।

नेपालको संविधानको धारा ४४ मा हरेक उपभोक्तालाई गुणस्तरीय वस्तु र सेवा पाउने हक हुनेछ र गुणस्तरहीन वस्तु वा सेवाबाट कसैलाई हानि पुगेमा क्षतिपूर्ति पाउने हक हुने व्यवस्था छ। वस्तु वा सेवा बजार स्वच्छ, प्रतिस्पर्धात्मक हुने र उपभोक्ता हित संरक्षण गर्ने राज्यको नीति छ।

त्यस्तै उपभोक्ता संरक्षण ऐन, २०७५ र नियमावलीमा हरेक उपभोक्तालाई पहुँचको अधिकार, छनोटको अधिकार, सूचना र जानकारीको अधिकारलगाएत प्रत्याभूत गरिएको छ।

तर, कानुनमा स्पष्ट व्यवस्था रहेको उपभोक्ता अधिकार र क्षतिपूर्तिको कार्यान्वयन भने फितलो छ। बजार, यातायात, विद्युत्, खानेपानी, बैङ्क तथा वित्तीय संस्था, खाद्यान्नलगायत वस्तु तथा सेवा लिने क्रममा ठगी बढ्दो छ।

सन् १९६२ को मार्च १५ का दिन अमेरिकी राष्ट्रपति जोन एफ केनेडीले उपभोक्ताका हित रक्षा नगरी अर्थतन्त्र बलियो हुँदैन र बजारमा उपभोक्ता सार्वभौम हुन सक्दैनन् भन्दै ‘बिल अफ राइट’ को घोषणा गरेका थिए।

त्यसैको सम्झनामा मार्च १५ तारिखमा विश्वभर उपभोक्ता अधिकार दिवस मनाउने गरिएको छ। सन् २०१७ देखि संयुक्त राष्ट्र सङ्घले आफ्ना सदस्य देशलाई मार्च १३ देखि १७ तारिखसम्म विश्व उपभोक्ता अधिकार दिवस सप्ताहव्यापी रुपमा मनाउन आह्वान गर्दै आएको छ।

प्रतिक्रिया