२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

डोटी जिप दुर्घटना : नेपालगञ्ज रेफर गरिएकी एक महिलाको मृत्यु

SansherOnline SansherOnline
मङ्गलबार ३०, फागुन २०७९ ०८:३९
डोटी जिप दुर्घटना : नेपालगञ्ज रेफर गरिएकी एक महिलाको मृत्यु

डोटी : डोटी जिल्लामा मङ्गलवार जिप दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ।जिल्लाको दिपायल सिलगढी नगरपालिका –६ सिलगढीदेखि दिपायल जाँदै गरेको सु.प.प्र. ०१–००१ ज १२५९ नम्बरको जिप र सु.प.प्र. ०१०१० प ४७७४ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएर मङ्गलवार दुर्घटना भएको थियो।

गम्भीर घाइते भएकी दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ की ६५ वर्षीया धौलीदेवी बिष्ट र दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का ३२ वर्षका विष्णु बोहराको जिल्लामा उपचार सम्भव नभएपछि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज मेडिकल कलेज रेफर गरिएको थियो।

तर,घाइते धौलीदेवी बिष्टको भने मृत्यु भएको जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दिएको छ। दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ का विष्णु बोहराको भने उपचार भइरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया