बैतडी : अनेरास्ववियुले निर्वाचन प्रकृयामा जान माग गर्दै बैतडीको सिगास शिक्षा क्याम्पसलाई निवेदन दिएको छ । स्ववियु निर्वाचन सम्बन्धिको अवैधिानिक कदम सच्चाएर निर्वाचन प्रकृयामा आउन माग गर्दै अनेरास्ववियुले क्याम्पस प्रशसासन र निर्वाचन समितिलाई निवेदन दिएको हो ।
त्रिविको स्ववियु निर्वाचन निर्देशिका विपरित विद्यार्थी संगठनमा विभिन्न प्रकारका भ्रम पैदा गरेर सर्वदलिय बैठक विना नेवि संलाई मात्रै अगाडी बढाउने कार्यभएको भन्दै अनेरास्ववियुले आपत्ति जनाएको छ ।क्याम्पस प्रशासन र निर्वाचन समितिले अवैधानिक कदम अगाडी बढाएको भन्दै अनेरास्ववियुले सो कदमको घोर भत्र्सना र निन्दा गरेको छ ।
नेवि संघले गरेको मनोनयनमा विभिन्न त्रुटी देखिदा समेत सो विषयमा क्याम्पस प्रशासन मौन रहेको र अन्य विद्यार्थी संगठनले बारम्बार रोक्न आग्रह गर्दापनि बेवास्ता गरेर दादागिरि रुपमा चालिएको अवैधानिक कदम मान्य नहुने सिगास शिक्षा क्याम्पस अनेरास्ववियु इकाइ कमिटि अध्यक्ष भुवनसिंह धामीद्वारा हस्ताक्षरित निवेदनमा उल्लेख गरिएको छ ।
निर्णय सच्चाएर सबै विद्यार्थीहरुलाई अनुकुल हुने गरि अगाडी बढ्न पनि निर्वाचन समितिलाई आग्रह गरिएको छ । निर्वाचनमा जाने निर्णय सूचना विपरितको यो कदम नसच्चाए तालाबन्दी लगायतका आन्दोलनका कार्यक्रमको जिम्मा निर्वाचन समिति र क्याम्पसले लिनुपर्ने छ निवदेनमा भनिएको हो ।
सिगास शिक्षा क्याम्पसमा नेवि संघले एकल उम्मेदवारी पछि निर्विरोध भएको बताएको छ । यता अन्य विद्यार्थी संगठन भने मनोनयनको दिन देखि नै क्याम्पस प्रशासन र निर्वाचन समितिले मनोमानि ढंगले कदम अगाडी बढाएको भन्दै आक्रोसित भएका छन् ।
प्रतिक्रिया