२०८१ बैशाख १३ गते बिहिबार
ट्रेन्डिङ

सतबाँझ–श्रीभावर सडक कालोपत्रे हुँदै, दुई दशकपछि निर्माणले गति लियो

SansherOnline SansherOnline
मङ्गलबार ३०, फागुन २०७९ ०८:२९
सतबाँझ–श्रीभावर सडक कालोपत्रे हुँदै, दुई दशकपछि निर्माणले गति लियो

 बैतडी :  प्रदेश गौरवको योजनाको रुपमा रहेको सतबाँझ–श्रीभावर सडक शिलान्यास गरेको दुई दशक बढी भइसकेपछि बल्ल सडक निर्माणले गति लिएको छ । सडक शिलान्यास गर्ने बेला बढीमा ५ बर्षमा सडक निर्माण भइसक्ने लक्ष्य राखिएको थियो । तर सडक निर्माण शुरु भएको २४ बर्ष बितिसक्दा बल्ल सडक निर्माणले गति लिन थालेको छ । 

सतबाँझ–श्रीभावर–हाट–दार्चुला सडकको स्तरोन्नति गर्ने कार्य अन्तर्गत कालोपत्रे गर्ने काम भइरहेको छ । प्रदेश गौरवको योजनाको रुपमा रहेको सो सडकको सतबाँझदेखि साढे ६ किलोमिटर र श्रीभावरदेखि हाट खण्डमा साढे ८  किलोमिटर कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता भएर काम भइरहेको हो । 

 सो सडक कालोपत्रेको काम शुरु भएपछि स्थानीय नागरिक पनि खुसी भएका छन् । लामो समयपछि सतबाँझ श्रीभावर सडकले साथर्कता पाएपछि स्थानीय नागरिक पनि खुसी भएका छन् । बैतडी सदरमुकाम जोड्ने छोटो बाटोको रुपमा रहेको सतबाँझ श्रीभावर सडकमा कालोपत्रेको काम शुरु भएपछि निकै खुसी लागेको स्थानीय बताए । ‘यो सडक कालोपत्रे भएपछि सुर्नया गाउँपालिका, सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकाका नागरिकलाई बढी फाइदा हुनेछ । यसका साथै बझाङका नागरिकलाई समेत यो सडकले सहजता ल्याउनेछ लामो समयसम्म केन्द्रीय योजना नपर्दा सडक निर्माणले गति लिन नसकेको जिल्ला विकास समिति बैतडीका पूर्व सभापति परमानन्द भट्टले बताए । 

सतबाँझ–श्रीभावर सडकले पूर्णता पाएमा भारतसंग सीमा जोडिएको झुलाघाट पुग्ने छोटो बाटोको रुपमा सञ्चालन हुने छ ।  ‘पहिला सडक निर्माण नहुँदा सम्म पैदल मार्ग पनि यही हो । अब यो सडक निर्माण भएपछि घुमेर बैतडी सदरमुकाम पुग्ने बाध्यताको अन्त्य हुनेछ । यसलाई समयमै सम्पन्न गर्नका लागि राजनैतिक नेतृत्व लाग्नुपर्ने हुन्छ ।’

चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण कम्पनीले सो सडक कालोपत्रे गर्नका लागि ठेक्का सम्झौता गरेर काम गरिरहेको पूर्वाधार विकास कार्यालय बैतडीका निमित्त प्रमुख जंगबहादुर थापाले बताए । अहिले सतबाँझदेखि अगाडि ६ किलोमिटर कालोपत्रे गर्ने गरेर काम भइरहेको उनले बताए । सो खण्डमा अहिले फस्ट कोड हाल्ने काम भइरहेको थापाले बताए । आगामी जेठभित्र ६ किलोमिटर कालोपत्रे गरिसक्ने लक्ष्य लिइएको उनले बताए । उनले भने ‘अहिले सतबाँझ–श्रीभावर सडकको सतबाँझदेखि अगाडि ६ किलोमिटर कालोपत्रेको काम अघि बढेको छ । जेठ सम्म ६ किलोमिटर कालोपत्रे गर्ने गरेर हामीले काम गरिरहेका छौं ।’


यस्तै श्रीभावरदेखि हाट खण्डमा साढे ८ किलोमिटर स्तरोन्नतिका ठेक्का भए बमोजीम काम भइरहेको छ । जेठ मसान्तभित्र सो खण्ड पनि कालोपत्रे गरिसक्ने लक्ष्य रहेको थापाले बताए । 


 

प्रतिक्रिया