२०८१ बैशाख ०६ गते बिहिबार
ट्रेन्डिङ

होटेलमा तास खेलाउँदा दोगडाकेदारका विरेन्द्रसहित चारजना पक्राउ

SansherOnline SansherOnline
सोमबार २९, फागुन २०७९ ०३:४३
होटेलमा तास खेलाउँदा  दोगडाकेदारका विरेन्द्रसहित चारजना पक्राउ

कैलाली : होटेलमा तास खेलीरहेको अवस्थामा कैलाली प्रहरीले चारजनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका –३ बोराडाडीमा बैतडीको दोगडाकेदार गाउँपालिका –५ घर भएका ३० बर्षीय विरेन्द्र चन्दसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो । चन्दले सञ्चालन गरेको होटेलमा उनीहरुलाई तास खेलीरहेको अवस्थामा पक्राउ गरिएको हो । 

बिशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ४ हजार रुपैंया र एक गड्डी ताससहित पक्राउ गरेको हो । 

आइतबार राति पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको छ । 

प्रतिक्रिया