२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

सुदूरपश्चिम प्रदेश सरकारले खख्डेहरा पर्वको अवसरमा फागुन ३० गते सार्वजनिक बिदा दिने

SansherOnline SansherOnline
सोमबार २९, फागुन २०७९ ०९:३७
सुदूरपश्चिम प्रदेश सरकारले खख्डेहरा पर्वको अवसरमा फागुन ३० गते सार्वजनिक बिदा दिने

 

धनगढी : राना थारु समुदायको खख्डेहरा पर्वको अवसरमा फागुन ३० गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक विदा दिइएको छ।

पर्वको अवसरमा सुदूरपश्चिमका २ जिल्ला कैलाली र कञ्चनपुरमा सुदूरपश्चिम प्रदेश सरकारले बिदा दिने निर्णय गरेको हो। प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले एक सूचना जारी गरेर कैलाली र कञ्चनपुरमा रहेका सम्पूर्ण सरकारी कार्यालयहरूमा सार्वजनिक बिदा दिएको जानकारी गराएको हो।

यस अघि चैत १ गते बिदा दिने निर्णय गरेको भए पनि अहिले फागुन ३० गते बिदा दिने गरी मिति संशोधन गरिएको जनाएको छ। कञ्चनपुर र कैलालीमा बसोबास गर्ने रानाथारू समुदायले आफ्नो सबैभन्दा ठूलो महत्वपूर्ण पर्व होरीको अन्तिम दिनका रुपमा खख्डेहरा मनाउँछन्।

 

प्रतिक्रिया