२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

डडेल्धुरा अस्पताल जान्छु भनी हिडेकी सिगास ४ रक्सौनकी बेलमती धामी बेपत्ता

SansherOnline SansherOnline
आइतबार २८, फागुन २०७९ ०९:३८
डडेल्धुरा अस्पताल जान्छु भनी हिडेकी सिगास ४ रक्सौनकी बेलमती धामी बेपत्ता

 

बैतडी : बैतडीको सिगास गाउँपालिका-४ रक्सौन घर भएकी बेलमती धामी बेपत्ता भएकी छन्।३ दिन अगाडि फागुन २५ गतेका दिन दाँत दुख्यो भनेर उपचार गर्न भनी घरबाट डडेल्धुरा अस्पताल हिडेकी धामी बेपत्ता भएकी हुन्।

४० वर्षीया धामीको श्रीमान भीमबहादुर धामीको मृत्यु पश्चात चार छोराहरु पाल्दै आएकी धामीको मोबाइल पनि बन्द रहेको र सम्पर्क गर्दा कतै पनि सम्पर्क नभइरहेको आफन्त केशबसिंह धामीले बताए।

उनले यदि कतै यी महिला लाई देखेमा या कसैको सम्पर्कमा आए ९८४२८८७९५५ मा सम्पर्क गर्नहुन अनुरोध समेत गरेका छन्।

प्रतिक्रिया