२०८१ माघ २५ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा स्ववियु निर्वाचनः पुर्चौडी बहुमुखी क्याम्पसमा नेविसंघको तालाबन्दी

SansherOnline SansherOnline
आइतबार २८, फागुन २०७९ ०३:१७
बैतडीमा स्ववियु निर्वाचनः पुर्चौडी बहुमुखी क्याम्पसमा नेविसंघको तालाबन्दी

बैतडी : बैतडीको पुर्चौडी बहुमुखी क्याम्पसमा नेविसंघले तालाबन्दी गरेको छ । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन प्रकृयाका बिषयमा असन्तुष्टी जनाउदैँ निर्वाचन अधिकृतको कार्यालयमा तालाबन्दी गरिएको नेवि संघले जनाएको छ । 

चैत ५मा हुने स्ववियु निर्वाचन कार्यतालिका अनुसार अगाडी नबढेको नेवि संघको आरोप छ । नेवि संघका उम्मेदवार माथी अन्य संगठनका विद्यार्थीहरुले हातपात र गालिग्लौज गरेको नेवि संघको आरोप छ ।

निर्वाचन अधिकृतको कार्यालयले नेवि संघलाई डर,त्रास देखाई निर्वाचन तालिका परिवर्तन गरेको नेवि संघको आरोप छ । 

कार्यतालिका बजोजिम स्ववियु निर्वाचन अगाडी नबढेसम्म तालाबन्दी जारी रहने भन्दै नेवि संघले विज्ञप्ती जारी गरेको छ । 

प्रतिक्रिया