२०८१ बैशाख ०६ गते बिहिबार
ट्रेन्डिङ

डडेल्धुरामा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु

SansherOnline SansherOnline
आइतबार २८, फागुन २०७९ १२:२५
डडेल्धुरामा सर्वाधिक पुरस्कार राशीको भलिबल प्रतियोगिता सुरु

 

डडेल्धुरा : डडेल्धुराको भित्रिमधेस क्षेत्र परशुराम नगरपालिका– ४ कटालस्थित भागेश्वर माध्यामिक विद्यालयमा सर्वाधिक पुरस्कार राशीको खुला भलिबल प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । विद्यालयको ४८औं बार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगिताको समुद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सभाका सदस्य तथा नेकपा (माओवादी केन्द्र) का सुदूरपश्चिम इन्चार्ज खगराज भट्टले भित्रिमधेस क्षेत्रको समग्र विकासका लागि सुदूरपश्चिम प्रदेश सरकारले योजनावद्ध रुपमा काम थालनी गर्ने बताए ।

खेलकुद क्षेत्रको विकासबाटै मुलुकको समग्र विकासमा टेवा पुग्ने विश्वास ब्यक्तगर्दै उँहाले भित्रिमधेस क्षेत्रकै अग्रणी शैक्षिक प्रतिष्ठानका रुपमा रहेको भागेश्वर माध्यामिक विद्यालयलाई नमुना विद्यालयका रुपमा विकास गरिने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रमका विशिष्ट अतिथी सुदूरपश्चिम प्रदेश सभा सदस्य गीता मालले सुदूरपश्चिम प्रदेश हरेक क्षेत्रमा पिछिडिएको अवस्थामा विकासका पुर्वाधार निर्माण गरेर यँहाका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन राज्यका तीन वटै तहले प्रथामिकताका साथ काम गर्न जरुरी रहेको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शेरसिँह माल डायमण्डको अध्यक्षतामा सम्पन्न समारोहमा सुदूरपश्चिम प्रदेश सरकारका पुर्वमन्त्री पठानसिँह बोहराले अत्यान्तै सम्वेदनसिल भूबनोट रहेको भित्रिमधेस क्षेत्रमा पर्यावरणमैत्री विकास निर्माण जरुरी रहेको औल्याए ।

महिला तथा पुरुष खुला भलिबल प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक धनराशीको भलिबल प्रतियोगिता भएको विद्यालयका प्रधानाध्यापक जनकराज अवस्थीले बताए । उनका अनुसार पुरुषतर्फ १३ टिमले प्रतियोगितामा प्रतिष्प्रर्धा गर्नेछन भने महिला तर्फ ९ टिमको सहभागिता रहेको छ ।

प्रतियोगितामा पुरुष तर्फ प्रथम हुने टिमलाई एक लाखएक हजार एक सय ११ रुपैया,द्धितीय हुने टिमलाई ५० हजार एक सय ११ रुपैयाँ, तृतीय हुने टिमलाई २५ हजार एक सय ११ पुरस्कार प्रदान गरिने छ भने महिला तर्फ प्रथम हुने टिमलाई ५० हजार एक सय ११, द्धितीय हुने टिमलाई २५ हजार एक सय ११ रुपैयाँ, तृतीय हुने टिमलाई १३ हजार एक सय ११ रुपैयाँ पुरस्कार प्रदान गरिने छ ।

वार्षिकोत्सवका अवशरमा सामुदायीक वनहरुबीच खुल डेउडा प्रतियोगिता समेत आयोजना गरिएको विद्यालयले जनाएको छ । बार्षिकोत्सवका अवशरमा राष्टिय तथा स्थानीय कलाकारहरुले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

 

प्रतिक्रिया