२०८१ बैशाख ०८ गते शनिबार
ट्रेन्डिङ

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

SansherOnline SansherOnline
आइतबार २८, फागुन २०७९ ११:४३
श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। जुम्लाको तिला गाउँपालिका–४ नुवाकोटका ४७ वर्षीय आइते सार्कीको कुटपिटबाट उनकी २१ वर्षीया श्रीमती ममता नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

प्रहरीले श्रीमान् आइतेलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। मृतक ममताको शव पोष्टमर्टमका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरीक्षक यामबहादुर बुढा मगरले बताए।

 कुटपिटबाट ममता बेहोस भएकी थिइन्। यो कुरा आइतेले प्रहरीसँग प्रारम्भिक बयानमा बताएका छन्। बेहोस भएकी ममतालाई समयमै उपचार नगराउँदा उनको मृत्यु भएको हो। कुटपिट कहिले भएको हो भन्ने खुलेको छैन।

प्रतिक्रिया