२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

बैतडी नेविसंघ क्याम्पस सभापतीका उम्मेदवारहरु यी हुन

SansherOnline SansherOnline
शनिबार २७, फागुन २०७९ ०९:३१
बैतडी नेविसंघ क्याम्पस सभापतीका उम्मेदवारहरु यी हुन

बैतडी : बैतडीमा त्रिभुवन विश्वबिद्यालय मातहतका क्याम्पसहरुमा नेविसंघले उम्मेदवारी दर्ता गरेको छ । सिगास शिक्षा क्याम्पसमा भने एकल उम्मेदवारी परेसँगै नेविसंघका लोकेन्द्र धामीको नेत्तृत्वमा प्यानलै निर्विरोध निर्वाचित समेत भइसकेको छ । जिल्लाका बाकी रहेका अन्य ५ वटा क्याम्पसमा पनि निर्वाचनमा सहभागिता जनाएको छ । 

पुर्चाैडी बहुमुखी क्याम्पसमा बागमती कुमारी ऐर, सेटीगाउँ बहुमुखीमा मदन नाथ, बैतडी शिक्षा क्याम्पस साहिलेकमा अरुण मल्ल रहेका छन् । त्यसैगरी नवप्रभाव बहुमुखी क्याम्पस कुलाउ पञ्चेश्वरमा नेविसंघसँग चुनावी तालमेल गरेको अखिल क्रान्तीकारीलाई सभापतिको उम्मेदवारमा सहघाउनेगरी सयुक्त प्यानल बनाएको छ । अखिल क्रान्तीकारी कबिता चन्द सभापतीकी साझाँ उम्मेदवार रहेकी छन् ।  

त्यसैगरी श्रीकोट बहुमुखी क्याम्पसमा सभापतीमा अखिल क्रान्तीकारीका लोक बहादुर कार्की रहेका छन् । कांग्रेसले यहाँ पनि तालमेल गरेको हो । 

प्रतिक्रिया