बैतडी : बैतडीको सिगास शिक्षा क्याम्पस गाजरीमा नेविसंघको एकल उम्मेदवारी दर्ता भएको छ । लोकेन्द्र धामीको नेत्तृत्वमा नरेश भुल सचिव रहनेगरी कार्यसमितिमा नेवीसंघको एकल उम्मेदवारी दर्ता भएको निर्वाचन अधिकृत नर बहादुर धामीले जाकारी दिए ।
योसँगै नेविसंघ निर्विरोध निर्वाचित भएको हो । निर्वाचन घोषणा भने निर्वाचन कार्यतालिका बमोजिम हुने छ । दाबी, बिरोध तथा उम्मेदवारी फिर्ता नभएको अवस्थामा सोही कमिटि निर्वाचन भएको घोषणा हुने छ । दाबी बिरोध तथा उम्मेदवारी फिर्ताको २९ गतेसम्म रहेको छ ।
अनेरास्ववियू र स्वतन्त्र विद्यार्थीहरुले पनि उम्मेदवारी दर्ता गर्ने भनिएको भएपनि उम्मेदवारी दर्ताको समयसम्म दर्ता भएको थिएन । उम्मेदवारी दर्ता आज दिउसो २ बजेसम्म रहेको थियो । निर्वाचन भएको घोषणा भने चैत्र ५ गते हुने छ ।
प्रतिक्रिया