२०८१ बैशाख ०७ गते शुक्रबार
ट्रेन्डिङ

उपराष्ट्रपति चुनावको लागि आज उम्मेदवारको मनोनयन दर्ता

SansherOnline SansherOnline
शनिबार २७, फागुन २०७९ ०८:४७
उपराष्ट्रपति चुनावको लागि आज उम्मेदवारको मनोनयन दर्ता

काठमाण्डाै : आउँदो चैत ३ गते हुने उपराष्ट्रपतिको चुनावका लागि आज उम्मेदवारको मनोनयनपत्र दर्ता हुँदैछ ।निर्वाचन आयोगका अनुसार निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वरमा बिहान ९ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने कार्यतालिका छ ।

भोलि अन्तिम नामावली प्रकाशन गर्ने र चैत ३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म मतदान गर्ने कार्यतालिका छ ।उपराष्ट्रपतिको कार्यकाल चैत ५ मा सकिँदैछ ।

उपराष्ट्रपति उम्मेदवार बन्न वंशजका आधारमा नेपाली नागरिक भएको र ४५ वर्ष पूरा भएको हुनुपर्छ ।  गएको बिहीवार भएको राष्ट्रपति चुनावमा रामचन्द्र पौडेल निर्वाचित भइसक्नुभएको छ ।

प्रतिक्रिया