२०८१ बैशाख १४ गते शुक्रबार
ट्रेन्डिङ

बैतडीमा उपाध्यक्षमाथि हातपात र दुर्व्यवहार गर्ने एक जना पक्राउ

SansherOnline SansherOnline
शनिबार २७, फागुन २०७९ ०८:४२
बैतडीमा उपाध्यक्षमाथि हातपात र दुर्व्यवहार गर्ने एक जना पक्राउ

बैतडी : बैतडी प्रहरीले उपाध्यक्ष माथि कायकक्षमै गएर  हातपात गर्ने एक जनालाई  पक्राउ गरेको  छ । जिल्लाको  पञ्चेश्वर गाउँपालिकाकी उपाध्यक्ष बिना भट्टमाथि कार्यकक्षमै हातपात र दुर्व्यवहार गरेको आरोपमा सोहि पालिकाका दीपकबहादुर चन्दलाई  प्रहरीले  पक्राउ गरेको  हो ।

चन्दले मदिरा सेवन गरेर बिहीवार  कार्यकक्षमा आएर  आफूमाथि हातपात र दुर्व्यवहार गरेको भन्दै उपाध्यक्ष भट्टले निवेदन दिएपछि चन्दलाई  पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक लोकराज जोशीलले  जानकारी दिए । चन्दलाई शक्रबार पञ्चेश्वरको हल्दुविनायक प्रहरी चौकीले सोधपुछका लगि समातेको र उनी  अहिले इलाका प्रहरीकार्यालय  पाटनको नियन्त्रणमा रहेका उनले बताए ।

गाउँपालिकामा विद्युत विस्तारको ठेक्कामा काम गरेका चन्दले ठेकेदारबाट लिनुपर्ने ज्याला नपाएको भन्दै आफूमाथि हातपात र दुर्व्यवहार गरेको उपाध्यक्ष भट्टको भनाई  छ । घटनाबारे थप अनुसन्धान गरेर कारबाही प्रक्रिया अघि बढ्ने  जिल्ला प्रहरी कार्यालय बैतडीेले जनाएको   छ । 

प्रतिक्रिया