२०८० चैत १६ गते शुक्रबार
ट्रेन्डिङ

एकिकृत समाजबादी मेलौलीको‌ नगर स्तरिय भेला सम्पन्न

SansherOnline SansherOnline
शुक्रबार १९, फागुन २०७९ ०३:४२
एकिकृत समाजबादी मेलौलीको‌ नगर स्तरिय भेला सम्पन्न

बैतडी, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी  एकिकृत समाजवादी मेलौली नगरपालिकाको नगर स्तरीय भेला सम्पन्न भएको छ।

शुक्रवार नगरपालिकाको वडा नं १ मा  नेकपा एकिकृत समाजवादी केन्द्रीय कमिटी सदस्य माया भट्ट को प्रमुख आतिथ्यता तथा वीरेन्द्र नायक को अध्यक्षतामा भएको नगर भेलाले विरेन्द्र वहादुर चन्दको अध्यक्षतामा १८ सदसिय   नगरकमिटी पुनर्गठन गरेकोछ । नगरकमिटिको उपाध्यक्षमा उत्तर प्रसाद भट्ट  सचिवमा धिरेन्द्र सिह नायक,सह सचिवमा द्रोपति भट्ट चयन भएका हुन । यसैगरि मदनवहादुर चन्द,टिकादत्त जोशी,प्रेमवहादुर ओड लगायतका रहेकाछन । यसैगरि भेलाले द्रोपती भट्ट को अध्यक्षतामा १० सदसिय अखिल नेपाल महिला संघ(समाजवादी) नगरकमिटि चयन गरेकोछ । राजेन्द्र प्रसाद भट्ट को संयोजक रहेको ७ सदसिय युवा संघ नेपाल र दिपा चन्दको अध्यक्षतामा ७ सदसिय अनेरास्ववियु नगर कमिटि चयन गर्दै भेला सम्पन्न गरिएको छ।
 

प्रतिक्रिया